१६ बुदे समझदारीलाई सत्ता समीकरणका रुपमा अपव्याख्या गर्न हुदैन : प्रचण्ड

१६ बुदे समझदारीलाई सत्ता समीकरणका रुपमा अपव्याख्या गर्न हुदैन : प्रचण्ड

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, ३१ जेठ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे समझदारीले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार संघ, बाँकेद्वारा आज कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ’यो समझदारीपछि जनतामा नयाँ विश्वास पलाएको छ, राष्ट्रिय राजनीति स्थिरतातर्फ अग्रसर भएको छ ।’

दाहालले आठ प्रदेशमा भएको समझदारी राजनीतिक शक्ति सन्तुलनको उपज भएको प्रष्ट पार्दै यसमा असन्तुष्टि जनाउनेहरुले समझदारीको वास्तविकता नबुझेको आरोप लगाउनुभयो ।

यो समझदारीलाई सत्ता समीकरणका रुपमा अपव्याख्या गर्न नहुने बताउँदै उहाँले कुनै पनि राजनीतिक समीकरण स्थायी नहुने र परिस्थितिअनुसार फेरबदल हुने स्पष्ट पार्नुभयो ।

समझदारीपछि असन्तुष्ट राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास हुने बताउँदै उनले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले हतारमा टिप्पणी गरेको बताउनुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष दाहालले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशी जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजाति आन्दोलनको माग भएकाले यसमा आफ्नो दलले कुनै पनि परिस्थितिमा सम्झौता नगर्ने विश्वास दिलाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी