विपद व्यवस्थापनका लागि राष्ट्रिय सरकारः ओली

विपद व्यवस्थापनका लागि राष्ट्रिय सरकारः ओली

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, ३१ जेठ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकारलाई राजनितिक रंग नदिन आग्रह गर्नु भएको छ ।

राजधानीको बसन्तपुर क्षेत्रमा एमाले स्वयंसेवकहरुले थालेको सफाई अभियानको आरम्भ गर्दै उहाले विपद व्यवस्थापनमा एकता प्रदर्शन गर्न निर्माण गर्न लागिएको राष्ट्रिय सहमतिको सरकारलाई राजनीतिक रंग नदिन आग्रह गर्नु भएको हो ।

अध्यक्ष ओलीले सबै दल सरकारमा रहँदा भूकम्प प्रभावित जनताको पुर्नस्थापना र भत्किएका संरचनाको पुनर्निर्माणमा सहज हुने भन्दै राम्रो उद्देश्यका लागि हुने कामलाई राजनीतिक नजरले हेर्दा समस्या पर्ने बताउनु भएको हो ।

अस्थायी पुनर्वासका लागि गरिएका काम अझै पर्याप्त नभएको भन्दै उहाले त्यसका लागि सबै पक्षको सहयोगको आवश्यकता समेत औल्यउनु भयो ।

सफाई अभियानमा एमाले नेता माधव नेपाल, महासचिव इश्वर पोखरे ललगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी