लामो समयपछि सिलगढी खानेपानीले नेतृत्व पायो

लामो समयपछि सिलगढी खानेपानीले नेतृत्व पायो

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

डोटी , ३१ जेठ ।

लामो समयपछि सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले नयां नेतृत्व पाएको छ । सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति डोटीको नयां नेतृत्वको लागि शनिबार सम्पन्न निर्बाचनमा गणेशबहादुर जोशी निर्बाचित हुनु भएको छ ।

उक्त निर्बाचनमा जोशीले १ सय ८० मत प्राप्त गर्नुभएको थियो भने उहांका निकटतम प्रतिद्धन्दी जगतबहादुर खड्काले १ सय ४८ मत प्राप्त गर्नु भएको थियो । यसैगरि समितिको उपाध्यक्षमा दिलिपकुमार श्रेष्ठ, सचिबमा दिलिपसिंह बोहरा, कोषाध्यक्षमा राजकुमार मलासी निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।

यसैगरि सदस्यहरुमा क्रमस वडा नं. १ मा महिला सदस्यमा संगिता श्रेष्ठ, वडा नं. २ मा रामराज श्रेष्ठ, वडा नं. ३ मा अर्जुन सोप, वडा नं. ४ मा रबिन मल्ल श्रेष्ठ रहेका छन ।

यसै गरि समितिको सदस्यमा निर्बिरोध निर्बाचित हुनेहरुमा वडा नंं ४ बाट दलित सदस्यमा अधिराज बिसी, वडा नं. २ बाट महिला सदस्यमा लक्ष्मी श्रेष्ठ, वडा नं. ३ बाट महिला सदस्यमा बसन्ती जोशी रहेकाछन ।

सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २ बर्षेकालका लागि भएको निर्बाचनमा कुल ४ सय ८३ मतदातामा ३ सय ६० मतदाताले मतदान गरेका थिए । यस अघि सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन बिभिन्न कारणले स्थगित हुदै आएको थियो ।

बिजयी भएपछि प्रतिकृया दिदै नबनिर्बाचित अध्यक्ष गणेशबहादुर जोशीले सिलगढी क्षेत्रको खानेपानी समस्याको दिगो सामाधानको लागि अल्पकालिन तथा दिर्घकालिन रणनीति आबश्यक रहेकाले त्यसका लागि आम उपभोक्ताहरुको लागि साथ र समर्थन लिएर आफुले पहल गर्ने बताउनु भयो ।

सिलगढी क्षेत्रको खानेपानीको ब्यवस्थापन साझा सवाल भएकाले यसको लागि बिभिन्न आग्रह, पूर्बाग्रह भन्दा माथी उठेर लाग्नु पर्ने खांचो रहेको जोशीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी