मस्यौदा समितिले आजबाट औपचारिक कार्य सुरु गर्दै

मस्यौदा समितिले आजबाट औपचारिक कार्य सुरु गर्दै

  • आइतवार, जेष्ठ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ , ३१ जेठ ।

संविधानको मस्यौदा लेखनका लागि १५ दिनको समयसीमा पाएको मस्यौदा लेखन समितिले आजबाट औपचारिक कार्य सुरु गर्दैछ । त्यसका लागि आज बिहान ११ बजे समितिको बैठक बोलाइएको छ ।

संसद सचिवालय सिंहदरबारमा बस्ने आजको बैठकमा दलहरुबीच भएको सहमति अन्तरगत राज्य पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणाली लगायतका विषयमा मस्यौदा निर्माणका लागि छलफल हुनेछ ।

समिति अन्तर्गत रहेका पाँचवटा उपसमिति र एउटा कार्यदललाई आआफ्नो समिति अन्तर्गतका विषय दिइने समितिका सभापति कृष्णप्रसाद सिटौलाले जानकारी दिनु भयो ।

समिति र कार्यदलले सँगसँगै काम गर्ने बताइएको छ । यसअघि नै गठन भएका मस्यौदा उपसमिति र कार्यदललाई आवश्यकता अनुसार थपघट गर्ने विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

दलहरुबीच पछिल्लो पटक भएको १६ बुँदे सहमतिका अधारमा सम्वाद समितिले तयार पारेको  प्रतिवेदन बाहेक त्यसअघि संविधानसभामा भएका सहमति लाई आधार मानेर मस्यौदा समितिले प्रारमिभक प्रतिवेदन तयार पारिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी