काठमाडौ, ३१ जेठ ।
भूकम्पबाट पीडितका लागि बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुले लिएर आएको राहत सामग्री भारतले बाटो नदिएका कारण बंगलादेश र भारतको सिमानामा आठ दिनदेखि अलपत्र परेको छ ।
२० गते करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर आए पनि भारतले बाटो नदिँदा उतै फर्काउनु पर्ने अवस्था आएको छ । बंगलादेशको रनपुरमा अध्ययनरत विद्यार्थीले राहत संकलन गरेका थिए ।
विभिन्न कानुनी झमेला देखाउँदै भारतले रोकेको ती विद्यार्थीहरुले बताएका छन् ।
राहतमा ब्लांकेट, नुन, औषधि, ड्राइफुड लगायत छन् । बाटो खोलिदिन पहल गर्न नेपाल सरकारलाई आग्रह गरेपनि सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । कारोबार दैनिकमा समाचार छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline