काठमाण्डौ,३० जेठ ।
बिभिन्न बिद्यार्थी संगठनले एक महिनाको शिक्षण शुल्क मिनाहाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका १३ विद्यार्थी संगठनले आज संयुक्त पत्रकार सम्मेलन गरी आदोलनको घोषणा गरेका हुन ।
घोषणा गरीएको आन्दोलनका कार्यक्रम अनुसार भोली प्रधानमन्त्रीसँग भेटी ध्यानाकर्षण गराउने ३२ गते जिल्ला स्तरमा विद्यार्थीहरूको बैठक बसी संयुक्त अनुगमन टिम निर्माण गर्ने , असार १ गते देखी शिक्षा मन्त्रालयका अधिकारीहरू र नीजि विद्यालयका मालिकहरू चढ्ने गाडिमा रोक लगाउने र असार १ गतेदेखी नै सम्पूर्ण शिक्षण संस्थामा अभिभावक समेतलाई समेटेर संयुक्त संघर्ष समिति बनाउने कार्यक्रम रहेको छ ।
चरणबद्ध कार्यक्रम घोषणा गरेका विद्यार्थी संगठनहरुले माग पूरा नभए शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन ।
भूकम्पपछि पठन पाठन नभएको एक महिनाको अवधिको शुल्क लिने निजी शिक्षण संस्थाको निर्णय खारेज गर्न बिद्यार्थी संगठनले आग्रह गर्दै आएका छन ।
तर निजी शिक्षण संस्थाहरुले भने आधा महिनाको शूल्क मात्र मिनाह गर्न सकिने बताउँदै आएका छन।