काठमाण्डौ,३० जेठ ।
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधान जारी भएपछि मात्र सरकार परिवर्तन हुने बताउनु भएको छ । नवलपरासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनु भएको हो ।
असार मसान्तभित्रै संविधान जारी गरेर आफनो पाटीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने नेता नेपालको दाबी छ ।
१६ बुदे सहमति प्रति असन्तुष्ट पक्षधरहरुको मतलाई पनि सम्मान गर्नु पर्ने उहाले बताउनु भयो । असन्तुष्ट पक्षधरलाई विश्वासमा लिनु पर्ने र त्यसका लागि छलफल बढाउनु पर्ने उहाको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline