काठमाडौ, ३० जेठ ।
नयाँ संविधानको मस्यौदा लेखनका लागि १५ दिनको समयसीमा पाएको मस्यौदा लेखन समितिले आजबाट अनौपचारिक छलफल सुरु गरेको छ ।
आज अनौपचारिक छलफलपछि संविधानको पहिलो मस्यौदा तयार पार्न मस्यौदा समितिले भोलिबाट औपचारिक काम थाल्ने बताइएको छ ।
संविधानसभाको हिजो बैठकले समितिलाई पहिलो मस्यौदा बढीमा १५ दिनभित्र ल्याउन निर्देशन दिएको छ ।
आज अनौपचारीक छलफल गर्ने र भोलिबाट मस्यौदा लेखनको कार्य सुरु गर्ने मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले जानकारी दिनु भयो । संवाद समितिको प्रतिवेदनमाथि संविधानसभामा छलफल गरी सबै विषय मस्यौदा समितिमा पठाइएको छ ।
यसअघि, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाउन सभामुख सुवास नेम्वाङले राख्नु भएको प्रस्ताव संविधानसभाको हिजाको बैठकले बहुमतले पारित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline