ताप्लेजुङ पोहिरो प्रवाभित क्षेत्रमा बिहानैदेखि उद्धार तथा राहत

ताप्लेजुङ पोहिरो प्रवाभित क्षेत्रमा बिहानैदेखि उद्धार तथा राहत

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

 

ताप्लेजुङ, ३० जेठ 

ताप्लेजुङका ६ गाविसमा गएको पोहिरो प्रवाभित क्षेत्रमा आज  बिहानैदेखि राहात तथा उद्धारको काम शुरु भएको छ । दैविक प्रकोप उद्धार समिति ताप्लेजुङको समन्वयनमा काठमाडौाबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट पोहिरो विस्थापित भएको स्थानमा राहात पुर्‍याउने काम भइरहेको हो । नेपाली सेनाको हेलिकप्टरले आज बिहान लिवाङ गाविस पुगेर राहात वितरण गरेको छ ।

दैविक प्रकोप उद्धार समितिले क्रिपाल, औषधि र ड्राइ फुड तत्कालिन राहात विस्थापित बसेको स्थानमा पठाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डम्बरु बल्लव निरौलाले बताउनु भयो । बुधबार सााझदेखि परेको अविरल वर्षासागै ताप्लेजुङका खोक्लिङ, सान्थाक्रा, लिबाङ, खिङ्लाबु, लिङ्तेप र खाम्लालुङ गाविसका ४४ घर बगाउादा ३५ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता भएका छन् । पहिरोमा परि दूई सय ५० जना पूर्ण रुपमा विस्थापित भएका छन् ।

पोहिरोमा उद्धार गरिएका ८ जना घाइते मध्ये पाच  जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र तीन जनाको थप उपचारका लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी