शुक्रवारको भिषण हावाहुरीका कारण अछाममा झण्डै ५० लाखको क्षती

शुक्रवारको भिषण हावाहुरीका कारण अछाममा झण्डै ५० लाखको क्षती

  • शनिबार, जेष्ठ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

अछाम, ३० जेठ ।

शुक्रवार आएको भिषण हावाहुरीका कारण अछाम जिल्लाका बिभिन्न स्थानमा ठुलो क्षती भएको छ ।

बेलुका करिव ५ वजेतिर आएको हावाहुरीका कारण जिल्लाको पायल, मलाँतिकोट, कालागाँउ लगायतका ठाँउमा रहेका बिद्यालय लगायतका भौतिक संरचनामा क्षति पुगेको हो ।

हावाहुरीका कारण पायल गाविस वडानम्वर ६ मा रहेको त्रिपुरा सुन्दरी निमाविको २ वटा भवन र एक शौचालयको छाना उडाएको छ भने बिद्यालयमा जडान गरिएको १४ लाख बरावरको सोलार सिस्टम पनि क्षत क्षती बनाएको छ ।

२०६६÷६७ मा झण्डै १६ लाख मा निर्माण गरिएको ६ कोठे भवन तथा २०६/६१ मा जिविसको २ लाख अनुदानमा निर्माण गरिएको २ कोठे भवन र २०६८ मा जिल्ला शिक्षाको २ लाख अनुदान मा निर्माीत शौचालय को छाना उडाँउदा करिव ४० लाख बरावरको क्षती भएको बिद्यालयका प्रअ गोपिसिंह बोहराले जाँनकारी दिए ।

हावाहुरी पछि आएको पानीका कारण बिद्यालयका सम्पूर्ण कागजात र कम्प्यूटर तथा प्रिन्टरहरु पनि तहसनहस भएको उनले बताए । यस्तै मलाँतिकोट वडानम्वर ६ तालिमा रहेको गाविसको मष्टामाण्डौ प्राविको २ कोठे भवनको छाना पनि हावाहुरीले उडाएको छ ।

५ वर्ष अघि करिव ४ लाखको लागतमा बनेको भवनको छाना उडाएर क्षती भएको जनाईएको छ । हावाहुरीपछि आएको पानीका कारण बिद्यालयका सम्पूर्ण कागजातहरु भिजेर काम नलाग्ने भएको त्यहाँवाट पत्रकार नविन साउदले जाँनकारी दिए ।

उता कालागाँउ गाविसको वडपिपल बजारमा रहेको स्थानिय नृप भण्डारीको भण्डारी किराना पसलको पनि छाना उडाएको छ । छाना उडाएपछि पसलमा रहेको सामानमा पनि क्षती भएको भण्डारीले बताए ।

यस्तै गणेश प्रावि बान्नातोलीको पनि हावाहुरीले ४ कोठे भवनको छाना उडाएको छ । २०६२ सालमा केयर नेपालको सहयागमा साढे ३ लाख लागतमा वनेको भवनको छाना उडाएपछि बिद्यालयभित्र रहेका कागजात सुरक्षीत रहेपनि कुर्चि, टेवुल लगायत फर्निचरहरुमा क्षती भएको प्रअ तारा प्रसाद गिरीले जाँनकारी दिए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी