सहमतीको प्रतिवेदन मस्यौदा समितिमा

सहमतीको प्रतिवेदन मस्यौदा समितिमा

  • शुक्रबार, जेष्ठ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, २९ जेठ ।
संविधानसभाले मस्यौदा निर्माणका लागि संवैधानिक समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाइएको छ ।

संविधानसभाको शुक्रबारको बैठकमा सामान्य छलफलपछि दुई तिहाईभन्दा बढी बहमुतले उक्त प्रतिवेदनलाई मस्यौदा समितिमा पठाउने निर्णय गरेको हो ।
१५ दिनभित्र मस्यौदा तयार गरेर संविधानसभासमक्ष पेस गर्नुपर्ने निर्देशन संविधानसभाले प्रतिवेदन पठाएको हो।अब मस्यौदा निर्माणको काम सुरु हुनेछ ।

संविधानका विवादित विषय संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा मुख्य चार राजनीतिक शक्तिहरुबीच सोमबार राति १६ बुँदे सहमति भएको थियो। संविधानको अन्तरबस्तुमा दलहरुबीच भएको सहमतिलाई संवैधानिक समितिले बिहीबार टुंगो लगाएर सभामा प्रस्तुत गरेको थियो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले मूल विवादमा सहमति भइसकेकोले (फास्ट ट्रयाक) विधिबाट छिटो संविधान जारी गर्नका लागि तयार हुन र त्यहीअनुसार कामलाई तीव्रता दिन दलहरुलाई आग्रह गरिसकेका छन् ।

नेम्वाङको निर्देशनमा असार मसान्तभित्रै संविधान जारी गर्ने गरी संविधान लेखनको नयाँ तालिकाको तयारी र योजनामा संविधानसभा सचिवालय लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी