काठमाण्डौ,२९ जेठ ।
नेकपा माओवादी जिल्ला संगठन समिति ताप्लेजुङको आकस्मिक बैठक बसी जिल्लाको विभिन्न ६ ओटा गाविसमा गएको बाढीपहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई रहत र घरबार बिहीन भएका परिवार पुर्नवासको व्यवस्थमा जुटेको छ ।
गत जेठ २७गते राती भीषण वर्षासँगै आएको बाढीपहिरोमा परी खोक्लिङ, लिबाङ, लिङ्तेप, खाम्लुङ, सान्थाक्रा र थिङ्लाबु गाविसमा मारिनेको संख्या ५३ बढी पुगेको छ भने अझै पनिदर्जनौँको संख्यामा बेपत्ता छन् ।
सम्पूर्ण ज्यानगुमाएकाप्रतिश्राद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवार प्रति नेकपामाओवादीले समवेदनाव्यक्त गरेको छ । बाढीपहिरोमा परेकाको उद्धार र राहतवितरणमा सरकारले आशातितकामगर्न नसकेकोमा चाँडोभन्दा चाँडा उद्धार तथा राहतवितरणमा सम्पूर्ण शक्ति केन्द्रीतगर्न नेपाल सरकारसँग प्रेश विज्ञप्ति मार्फत माग गरेको छ ।
नेकपामाओवादीले आफ्नो सम्पूर्ण यूवाशक्ति र जिल्ला कमिटी मातहतकाकार्यकर्तालाई बाढिपीडितको उद्धार र सहयोगार्थ आर्थिक संकलनगर्न समेत निर्देशनदिएको छ । प्रकृतिकविपत्तिको समयमा सबै राजनीतिकदलहरु एकजुट भएर उद्धर तथा राहत संकलनमालाग्नु पर्ने बताईएको छ । “सम्पूर्ण पार्टी पंक्ति यो विपदको सममाविचार र राजनैतिकभन्दामाथि उठेर उद्धार तथा रहतमालाग्न अनुरोध गर्दछौँ ।” विज्ञप्तिमा भनिएको छ ।