संविधान सभाको बैठक आज पनि बस्दै

संविधान सभाको बैठक आज पनि बस्दै

  • शुक्रबार, जेष्ठ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, २९ जेठ । 

संविधान सभाको बैठक आज पनि बस्दैछ । आज अपरान्ह ३ बजे संविधान सभा भवन नयावानेश्वरमा बस्ने बैठकमा सम्वाद समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल हुँदैछ ।

संविधानसभामा प्रमुख दलहरूबीच भएको १६ बुँदे सहमतिलाई अनुमोदन गर्दै संवाद समितिले हिजो संविधानसभामा प्रतिवेदन पेस गरेको हो ।

केही दलको फरक मतसहित समितिका सभापति डा. बाबुराम भट्टराईले गएराती पेश गर्नु भएको प्रतिवेदन माथि आजदेखि छलफल हुन लागेको हो ।

सम्भव भए आजै छलफल सकेर सम्वाद समितिको प्रतिवेदन मस्यौदा लेखनका लागि मस्यौदा समितिमा पठाउने तयारी रहेको संविधानसभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार छलफल जतिसक्दो छोटो पारेर प्रतिवेदनलाई मस्यौदा समितिमा पठाउने तयारी भइरहेको छ ।

समितिलाई बढीमा १५ र कटीमा १० दिनको समय दिने तयारी भइरहेको छ ।

महत्त्वपूर्ण र नयाँ सहमति भएका विषय बाहेकका विगतका सहमतिका आधारमा मस्यौदा समितिले प्रारम्भिक खाका तयार पारिसकेको छ ।

संवाद समितिले दलहरूबीचको सहमति र सहमति गर्न छुटाएका केही महत्तपूर्ण विवाद निरूपण गरी प्रतिवेदन बनाउन कांग्रेसका पूर्णबहादुर खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी