काठमाडौ, २९ जेठ ।
सोलुखुम्बुको हुङ्गु गाविसमा हिजो हिम ताल फुटेर तल्लो क्षेत्रमा बाढी आएपछि जल तथा मौसम विज्ञान विभागले स्थलगत अध्ययनका लागि आज प्राविधिक टोली पठनउदै छ ।
विभागका महानिर्देशक डा ऋषि राम शर्माले आज बिहान दुई प्राविधिकको टोली होङ्गु पठाउन लागेको जानकारी दिनुभयो । लुक्ला भन्दा तलको होङ्गु खोलामा हिजो अकस्मात बाढि आएको थियो ।
पानी नपरेकै बेला अकस्मात बाढी आएपछि तल्ले तटिय क्षेत्रका वासिन्दा त्रसित बनेका थिए । होङ्गु गाविसमा लहरै ५ ओटा हिमताल रहेछन , महानिर्देशक शर्माले भन्नुभयो ति मध्ये एक या दुई साना हिमताल फुटेको हाम्रो अनुमान छ ।
गृह मन्त्रालयका सचिव सुर्यप्रसाद सिलवालले पनि बाढी आएको खबर सार्वजनिक हुने वित्तिकै स्थलगत अध्ययन गर्न हिजो विभागले ध्यान आकर्षण गराएको थियो ।
लगत्तै विभागले बाढी पुर्वानुमान महासाखाका प्राविधिकलाइ २४ सै घण्टा निगरानीमा खटाएको थियो । डा शर्माका अनुसार आज विहान यूएनडीपीको आर्थिक सहयोगमा सञ्चालीत समुदायमा आधारित बाढी तथा हिमताल विष्फोट जोखिम न्युनीकरण आयोजना का प्राविधिकल सल्लाहकार प्रविण मास्के र विभागको बाढी पुर्वानुमान महासाखा प्रमुख राजेन्द्र शर्मा लगाएतको टोली स्थलगत अध्यनमा जादैछ ।
उक्त प्राविधिक टोलीले भुकम्पबाट इम्जा हिमतालमा पुगेको असरबारे पनि अध्ययन गर्नेछ ।