काठमाण्डौ,२८ जेठ ।
दलहरुबीच देखिएका थप केही विवाद मिलाउन बसेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको उपसमितिको बैठक लम्बिएको छ । उपसमितिका एक सदस्यका अनुसार, प्रस्तावनामा बहुलवाद राख्ने वा नराख्ने भन्ने विषयमा विवाद भएपछि छलफल लम्बिएको हो ।
यसअघि १६ बुँदे सहमतिमा बहुलवाद नराख्ने सहमति भएपनि फेरि दलहरुले किचलो झिकेका हुन् । उपसमितिमा छलफल लम्बिएसंगै १ बजे बस्ने भनिएको संवाद समितिको बैठक अझै बस्न सकेको छैन ।
यसअघि उपसमितिमा छलफल जारी रहेको भन्दै विहान १० बजेका लागि बोलाइएको संवाद समितिको बैठक अपरान्ह १ बजेसम्मलाई स्थगित गरिएको थियो । संवाद समितिको बैठक अनिश्चित बनेपछि आजै ३ बजेका लागि बोलाइएको संविधानसभाको बैठक समेत साँझ ६ बजेलाई सारिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline