काठमाडौँ, २८ जेठ ।
भूकम्प पीडितका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ । आज प्रधानमन्त्री उद्धार कोषमा नबिल बैंक लिमिटेडले दुई करोड एक लाख सहयोग गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले प्रधानमन्त्री कोइरालालाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । चेक ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले आफू लोकतान्त्रिक संविधान, शान्ति, स्थायित्व र विकासका लागि निरन्तर लागि पर्दै आएको बताउनुभयोे ।
बंैकका अध्यक्ष पौडेलले प्रधानमन्त्रीको नेतृत्वमा नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान पाउने र विकास निर्माणले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै
उद्धार कोषमा युनाईटेड फाईनान्सले ११ लाख रुपैयाँ सहयोग गरेको छ । फाईनान्सका कार्यकारी अधिकृत सुनन्दबहादुर श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।