गैँडाको खागसहित कैलालीमा २ जना पक्राउ

गैँडाको खागसहित कैलालीमा २ जना पक्राउ

  • बिहिबार, जेष्ठ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ,२८ जेठ ।

कैलालीको लम्की–चुहा नगरपालिकाबाट दुर्लभ वन्यजन्तु गैँडाको खाग र दाँत जस्तो वस्तुसहित दुई जना पक्राउ परेका छन ।

प्रहरीको क्षेत्रीय अनुसन्धान समूह सेतीको टोलीले लम्की–चुहा नगरपालिका– ११ का लोकराज भनिने लाहुरे जैसी र वडा नं १२ का नरेन्द्र देवकोटालाई एक थान गैँडाको खाग र एक थान दाँत जस्तो वस्तुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले आज पत्रकार सम्मेलन गरी बरामद भएको वस्तुसहित अभियुक्तलाइ सार्बजनिक गरेको छ । वस्तुको चोरी तस्करीमा संलग्न भएका भनिएका मुख्य व्यक्ति भने फरार रहेको बताइएको छ ।

प्राप्त गोप्य सूचनाका आधारमा झन्डै दुई हप्तासम्म गरिएको निगरानीको फलस्वरुप प्रहरी टोलीले लम्की–चुहा नगरपालिका–४ का नन्दऋषि चौलागाईंको खेतबारीमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त वस्तु बरामद गर्न सफल भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी