काठमाडौ, २८ जेठ ।
विद्यार्थी एक्कासी बेहोस हुन् थालेपछि पर्वतमा एक विद्यालय बन्द गरिएको छ ।
पर्वत जिल्लाको लुंखुदेउराली गाविसमा रहेको महेन्द्रज्योति उच्च माविका विद्यार्थी एक्कासी बेहोस भएर ढल्न थालेपछि विद्यालयको पठनपाठन हिजो दिउँसोदेखि बन्द गरिएको हो ।
कक्षा चलिरहेका बेला कक्षा ८ र ९ का १५ जना विद्यार्थी बेहोस भएर ढलेपछि उनीहरुलाई तत्कालै स्थानीय लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिएको र अहिले उनिहरुको अवस्था सामान्य रहेको विद्यालय स्रातले बताएको छ ।
विरामी परेका विद्यार्थीहरुमा अत्याधिक गर्मी र मास हिस्टेरीयाको समेत लक्षण देखिएको स्वास्थ्य केन्द्रका अहेव नरवहादुर बरालले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline