काठमाडौ, २८ जेठ ।
भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. रामशरण महतले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटबार्ता गर्दै हुनुहुन्छ ।
अर्थमन्त्री महतले भारतीय प्रधामन्त्री मोदीलाई भेटि आगामी असारमा हुन लागेको दाता सम्मेलनमा विशिष्ट अतिथीका रुपमा प्रधानमन्त्री शुसिल कोइरालाले पठाउनुभएको निमन्त्रण दिनुहुने छ ।
नेपालले भुकम्प पछिको पुर्ननिर्माणका लागि विदेशी सहयोग जुटाउने उदेश्यले आगामी असार दश गते दाता सम्मेलनको आयोजना गर्न लागेको हो ।
सरकारले भारतीय प्रधानमन्त्री मोदीलाइ विशिष्ट अतीथिका रुपमा बोलाउन अर्थमन्त्री महत निमन्त्रण लिएर हिजो दिल्ली पुग्नुभएको हो ।
अर्थमन्त्री महतले आजै भारतीय समकक्षी अरुण जेटलीसं पनि भेटबार्ता गर्ने कार्यक्र रहेको छ ।
यसहघि हिजो विदेशमन्त्री शुस्मा स्वराजले महतसंगको भेटमा भारतले भुकम्प पिडितलाइ गर्ने सहयोगमा कुनै कसर बाकि नराख्ने बताउनुभएको थियो । अर्थमन्त्री महत भोली स्वदेश फर्किनुहुनेछ ।