काठमाडौ, २८ जेठ ।
भारतीय कम्यूनिष्ट पार्टी माक्सवादी (सीपीआइ- एम ) का महासचिव सीताराम यचुरीले भारत र चीनले नेपाली भूमि लिपुलेक सम्बन्धि सम्झौता गर्दा नेपाल संग परामर्श नगरेको प्रति तिब्र असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहुनुभएका यचुरीले नेकपा मालेका महासचिब सीपी मैनाली संगको भेटमा यस्तो बताउनुभएको हो ।
भारतीय सीपीआइ एमले नेपालका भुकम्प पिडितका लागि राहत स्वरुप जम्मा गरेको रकम प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न यचुरी नेपाल आउनुभएको हो ।
बुधबार प्रधामन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा यचुरीले उक्त रकम प्रधानमन्त्रीलाई हस्तानत्रण गर्नुभएको छ । यचुरीले बुधबार नै मधेसी दलका नेचाहरु संग पनि भेट गर्नुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline