भूकम्पप्रभावित १४ जिल्लामा ३ हजार नयाँ दरबन्दी

भूकम्पप्रभावित १४ जिल्लामा ३ हजार नयाँ दरबन्दी

  • बिहिबार, जेष्ठ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २८ जेठ ।

सरकारले महाभूकम्पबाट अति प्रभावित १४ जिल्लाका पाँच सय ८० गाविसमा तीन हजारभन्दा बढी दरबन्दी थप्ने भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सामान्य प्रशासन र अर्थ मन्त्रालयको स्वीकृतिमा तीन हजार एक सय ५१ दरबन्दी थप्ने तयारी गरेको हो ।

दरबन्दीमा शाखा अधिकृत, इन्जिनियर, नायबसुब्बा, लेखापाल, सबइन्जिनियर, सर्वेक्षक र कम्प्युटर सहायक रहनेछन्।

स्थानीय विकास मन्त्रालयको ग्रामीण विकास समन्वय शाखाका अनुसार गोरखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, भक्तपुर, काठमाडौं, ललितपुर, सिन्धुली, रामेछाप, रसुवा, धादिङ, नुवाकोट र मकवानपुरका पाँच सय ८० गाविसमा गरी दुई सय ५१ शाखा अधिकृत, दुई सय ५१ इन्जिनियर, पाँच सय ८० नायबसुब्बा, पाँच सय ८० लेखापाल, तीन सय २९ सबइन्जिनियर, पाँच सय ८० सर्वेक्षक र पाँच सय ८० कम्प्युटर सहायक थपिनेछन ।

मन्त्रालयले हजारभन्दा बढी घरधुरी भएका गाविसमा अधिकृत, इन्जिनियर र लेखापालसहितको संरचना र एक हजारभन्दा कम धुरी भएका गाविसमा नायबसुब्बा र ओभरसियरसहितको कर्मचारी खटाउने तयारी गरेको हो

मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले महाभूकम्पपछि गाविसको विद्यमान संरचना सुदृढीकरण गर्दै स्थानीय सेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाउन १४ जिल्लामा दक्ष कर्मचारी पठाउने तयारी भएको जानकारी दिए । आजको अन्नपुर्ण दैनिकमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी