ईराकमा ईस्लामिक स्टेटको आक्रमण तीव्र भईरहेका बेला अमेरीकाले ईराकी फौजलाई थप तालिम तथा प्रशिक्षण दिन ४ सय ५० सैनिक प्रशिक्षक तथा सल्लाहकार पठाउने भएको छ ।
हवाईट हाउसका अनुसार अमेरीकी राष्ट्रपति बराक ओबामाले ईराकी प्रधानमन्त्री हैदर अल अवादीको अनुरोध अनुसार उक्त निर्णय गर्नु भएको हो ।
अमेरीकी सैनिक टोलीलाई अनवर प्रान्तको ताक्वादम सैनिक आधार शिविरमा राखिने छ । यस प्रान्तको राजधानी रमादी आईएसले नियन्त्रणमा लिएको छ ।
अमेरीकी नेतृत्वको हवाई आक्रमण पछि पनि आईएस नियन्त्रणमा आउन नसके पछि स्थलगत कार्बाहीका लागि यो पहलकदमी चालिएको हो ।
अमेरीकी फौजले ईराकी सैनिकका साथै स्थानीय आदिवासी लडाकु र आईएस विरुद्ध लड्ने स्वयसेवकहरुलाई तालिम प्रदान गर्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline