सिन्धुपाल्चोकका भूकम्प पिडितलाई अल्काको सहयोग

सिन्धुपाल्चोकका भूकम्प पिडितलाई अल्काको सहयोग

  • बुधबार, जेष्ठ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

जेष्ठ २७ ललितपुर 

बिनाशकारी भूकम्पबाट मृत्यु भएका सिन्धुपाल्चोकको सिरुवारी गाविसका मृतकका परिवारलाई ललितपुरस्थित अल्का अस्पताल र लायन्स क्लव अफ अल्काले नगद रकम सहयोग गरेको छन । अस्पतालले भुकम्पबाट मृत्यु भएका उक्त गाविसका दश परिवारलाई प्रति परिवार ५ हजार रुपैया सहयोग गरेको हो ।

अस्पतालका अध्यक्ष कुमार थापाले भुकम्पको बिपत्तीमा परेका मध्ये आफ्नै सदस्य गुमाएका परिवारलाई सके जति सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको बताए । भूकम्प पिडितहरुका लागी सहयोग स्वरुप भन्दै अल्का अस्पतालले भूकम्पबाट घाइते भएकाहरुको उपचार गरे वापत सरकारले दिएको अनुदान समेत लिएको थिएन ।

  यसैबीच अल्का अस्पताल र लायन्स क्लव अफ अल्काको संयुक्त आयोजनामा भूकम्प पिडितहरुको सहयोगार्थ सिन्धुपाल्चोकको ठुलो शिरुवारीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर गरेको छ । अस्पतालका बरिष्ठ बाथ रोग एवं फिजिसियन डा. अरुण गुप्तासहितको टोलीले जिल्लामा झण्डै ३ सय जनाको निशुल्क स्वास्थ्य परीक्षणका साथै औषधी समेत बितरण गरेको थियो । उक्त अवसरमा डा. गुप्ताले आफ्नो व्यक्तिगत पहलमा भूकम्प पिडितहरुलाई एक सय थान झुल बितरण गरेका थिए भने लायन्स क्लव अफ अल्काले किशोरी तथा महिलालाई ३ सय थान सेनेटरी प्याड समेत निशुल्क बितरण गरेको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी