काठमाण्डौ, २७ जेठ ।
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण भएपछि मात्रै स्वेच्छाले पद त्याग गर्ने बताउनुभएको छ । भारतीय कम्युनिष्ट पार्टी माक्र्सबादीका महासचिव सिताराम याँचुरीसँग आज भएको भेटमा कोईरालाले पद त्याग्ने घोषणा गर्नुभएको हो ।
नेपाल शान्ति, स्थायित्व र विकासको मार्गमा अगाडि बढ्ने विश्वास गर्दै उहाँले भन्नुभयो, म देशको भविष्यप्रति धेरै आशावादी छु , नेपालको भविष्य उज्ज्वल छ ।भेटबार्तामा बोल्दै याँचुरीले प्रधानमन्त्री कोइरालाको आशावादिता आफ्नो भन्दापनि अगाडि रहेको उल्लेख गर्दै यसले आफूहरुलाई समेत प्रेरणा मिलेको बताउनुभयो ।
महासचिव याँचुरीले नेपालमा आएको ठूलो प्राकृतिक विपदको सामना गर्न प्रधानमन्त्री कोइरालाको नेतृत्वमा अन्य राजनीतिक दलहरुले देखाएको ऐक्यवद्धता सराहनीय रहेको पनी बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline