काठमाण्डौ,२७ जेठ ।
धादिङको छेत्र देउरालीस्थित साना किसान सहरी माध्यमिक विद्यालयले आयोजना गरेको भूकम्प बिशेष जनचेतनामूलक एवं सांगीतिक कार्यक्रममा हा“स्य कलाकार मनोज गजुरेल, नायिका सुश्मा अधिकारी, संगीतकार टीका भण्डारी, निसा देसार उनीहरुको पिडा भुलाउन यहा“ पुगेका थिए ।
विद्यालयका बालबालिकामा भूकम्पीय त्रास घटाउन तथा स्थानीय त्रासबाट मुक्त गराउन आयोजित कार्यक्रममा कलाकारहरूले भरपुर मनोरञ्जन दिएका थिए ।
हास्य कलाकार मनोज गजुरेलले भूकम्पका विभिन्न प्रसंग बनाएर दर्शकलाई ह“साएका थिए भने संगीतकार टीका भण्डारी, निसा देसारले गीत प्रस्तुत गरेर दर्शकसंग रमाएका थिए ।
नायिका एवं मोडल सुश्मा अधिकारी छमछम नाच्दै बालबालिकाहरू पनि भूकम्पको त्रास बिर्सेर छमछमी नचाएकी थिएन ।

भकम्पको त्रास कायमै रहेका बेला कलाकारहरू पीडा भुलाउन भूकम्प प्रभावित क्षेत्र गएर विभिन्न सांगीतिक कार्यक्रममा सहभागि हुन थालेका छन ।