अर्थमन्त्री डा महत भारत प्रस्थान

अर्थमन्त्री डा महत भारत प्रस्थान

  • बुधबार, जेष्ठ २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २७ जेठ ।

अर्थमन्त्री डा रामशरण महत भारतको तीनदिने भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्बन्धमा दुई पक्षबीच छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ ।

सो अवसरमा नेपालीको बैंक खाता सञ्चालन, भारु ५०० तथा १००० का नोटसम्बन्धी विषय, भारतमा नेपाली उत्पादनले व्यहोर्दै आएको समीकारक महसुल (काउन्टरभेलिङ ड्युटी), नेपालमा भारतको लगानी तथा दुई पक्षीय व्यापार विस्तारका बारेमा छलफल हुनेछ ।

अर्थमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका नेता डा महतले भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले जानकारी दिनुभयो ।

सहायता सम्मेलन आगामी असार १० गते काठमाडौँमा आयोजना हुने तय भइसकेको छ । अर्थमन्त्री डा महत उक्त सहायता सम्मेलनको संयोजक पनि हुनुहुन्छ ।

अर्थमन्त्री डा महतको नेतृत्वमा भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डे सहभागी हुनुहुन्छ । उहाँ शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी