काठमाडौ, २७ जेठ ।
गत बैशाख १२ गतेको भूकम्प पश्चात पराकम्पहरु आउनेक्रम अझै जारी रहेको छ ।
यसैबिच ५२ घण्टापछि गए राति भूकम्पको एउटा पराकम्प महसुश गरिएको छ । आज विहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव १ म्याग्नेच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोमबार र मंगलबार भूकम्पको पराकम्पन महसुश नगरिए पनि आइतबार राति भने १० बजेर ३५ मिनेटमा दोलखा केन्द्र भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो ।
बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो भने त्यसपछि हजारौं पराकम्प जाँदा झण्डै नौं हजार मानिसको मृत्यु भएको छ ।
भुकम्पबाट त्रसित बनेका नेपालीलाई पछिल्ला दिनमा भने भूकम्पको पराकम्पन कम महशूस हुँदै गएकोले जनजीवन समान्य बन्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline