पुनरावेदन अदालतका २६ जना न्यायाधीशको कार्यकाल आज सकिदै

पुनरावेदन अदालतका २६ जना न्यायाधीशको कार्यकाल आज सकिदै

  • मङ्लबार, जेष्ठ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,२६ जेठ ।

पुनरावेदन अदालतका २६ जना अतिरिक्त न्यायाधीशको कार्यकाल  आज सकिदै छ । सकिन लागेको कार्यकाल नथपिएपछि उनीहरुले एकै पटक अवकास पाउन लागेका हुन् ।

उनीहरुको अवकाश सँगै पुनरावेदन अदालतमा २६ जना न्यायाधीशको पद रिक्त हुने भएको छ । एक वर्षका लागि अस्थायी नियुक्ती पाएका सबैको पदावधी आज  सकिन लागेको हो ।

दुई वर्षअघि नियुक्त भएका उनीहरुको पदावधि सकिएपछि न्यायपरिषद्ले पुनः एक वर्षका लागि अस्थायीमा नियुक्त गरेको थियो । थपिएको पदावधी पनि सकिएको र न्यायपरिषद्ले पुन नियुक्तिको निर्णय नगरेकाले उनीहरुको आगामी कार्यकाल अन्योलमा छ ।

कानून व्यवसायीहरु मध्येबाट छनोट गरी न्याय परिषदले २०७० जेठ २७ गते पुनरावेदनमा नियुक्त गरेको थियो ।  नियुक्त भएका ३३ न्ययाधिश मध्ये २६ जना न्यायाधीशको कार्यकाल आज सकिन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी