संविधानसभाको बैठक आज पनि बस्दै

संविधानसभाको बैठक आज पनि बस्दै

  • मङ्लबार, जेष्ठ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, २६ जेठ ।

संविधानसभाको बैठक आज पनि बस्दैछ । लामो समयदेखि अवरुद्ध संविधान सभाले अब गति लिने भएको छ ।

गएराति दलहरुबीच भएको सहमति पछि आजबाट संविधानसभामा संविधान निर्माण प्रक्रिया अघि बढ्ने भएको हो ।

अपरान्न ३ बजेका लागि बोलाइएको आजको बैठकमा दलहरुले गरेको सहमति अनुमोदन हुने र संविधान निर्माणको कार्यतालिका पेश गर्ने तयारी रहेको संविधानसभा सचिवालयले जनाएको छ ।

प्रमुख दलहरूबीच संविधानका विवादित अन्तरवस्तुमा सहमति भएसँगै असार मसान्तभित्रै मुलुकलाई नयाँ संविधान दिने गरी कार्यतालिका तयार गरिएको छ ।

असार मसान्तमै संविधान जारी गर्ने उपाय सहितको कार्यतालिका कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले निर्णय गर्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

आजको बैठकले संविधानसभामा विचाराधीन सबै विषयमा सहमतिका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी