हेलो सरकार कक्षको फेसबुक पेज सञ्चालनमा

हेलो सरकार कक्षको फेसबुक पेज सञ्चालनमा

  • मङ्लबार, जेष्ठ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, २६ जेठ ।

नागरिकका गुनासा सुन्नका लागि स्थापित हेलो सरकार कक्षले फेसबुक पेज सञ्चालनमा ल्याएको छ ।

हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव लीलामणि पौड्यालले उक्त पेजको औपचारिक रुपमा सुरुआत गर्नुभयो ।

मुख्यसचिव पौड्यालका अनुसार नागरिकले उक्त पेजमा गएर गुनासाकर्ताले सुझाव दिने तथा आफ्ना गुनासा राख्न सक्ने छन ।
हेलो सरकारलाई थप विस्तार गरिएको र नागरिकको सहज पहुँचमा पुग्ने प्रयास गरिएको बताउदै उहाले गुनासोकर्ताले कुन सरकारी कार्यालयसँगको सम्बन्धित गुनासो हो भन्ने खुलाएमा छिटो सम्बोधन गर्नका लागि सहज हुने जाकारि दिनभयो ।

जनताले सेवा लिँदा भोगेका समस्या सम्बोधन गर्न सो व्यवस्था गरिएकाले नीतिगतभन्दा कुन काम÷सेवा÷कार्यालय वा व्यक्तिसँग गुनासो हो सोको स्पष्ट जानकारी गराउन आग्रह गरिएको छ ।

फेसबुकमा धेरैको पहुँच पुगेको, सरकारका धेरै कार्यालयमा इन्टरनेट पुगेको, सामाजिक सञ्जालद्वारा कार्यालयबीच नेटवर्किङ गर्न सजिलो हुने उद्देश्यले नयाँ प्रविधि सञ्चालनमा ल्याइएको बताइएको छ ।

यसअघि हेलो सरकारले ११११ निःशुल्क टेलिफोन नं.  एसएमएस लगायतका सेवा मार्फत गुनासो गर्न सकिने व्यवस्था गरेको थियो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी