संघीयता लगायत संविधानको अन्तरवस्तुमा आजै सहमति हुने

संघीयता लगायत संविधानको अन्तरवस्तुमा आजै सहमति हुने

  • सोमवार, जेष्ठ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ, २५ जेठ ।

संघीयतालगायत संविधानको अन्तरवस्तुमा मुख्य दलहरुबीच आजै लिखित सहमति हुने भएको छ।सबा छ बजे सुरु भएको बैठकमा पहिलो चरणमा चार शीर्ष नेताहरुबीच अलग्गै छलफल भएपछि अहिले दोस्रो तहका नेताहरुलाई पनि राखेर छलफल भइरहेको छ।

नामांकनको जिम्मा प्रदेशसभालाई र सिमांकनका लागि एउटा स्वतन्त्र संघीय आयोग बनाउने गरी आठ प्रदेशमा जान दलहरु बिहानको छलफलमा सहमत भइसकेका छन्। बेलुकाको बैठकले सहमतिलाई अन्तिम रुप दिने छ।आजै लिखित सहमतिमा हस्ताक्षर गरेर घोषणा गर्ने दलहरुको तयारी छ।

प्रदेशको संख्यामा दलहरु सहमति नजिक भए पनि सिमांकन र नामांकनमा दलहरुबीच कुरा मिल्न सकेको थिएन। कांग्रेस एमालेले नामांकनको जिम्मा सम्बन्धित प्रदेशसभालाई दिएर सिमांकनका लागि एउटा स्वतन्त्र संघीय आयोग बनाउनुपर्ने प्रस्ताव राखेका छन्।

नाम राख्ने जिम्मा प्रदेशलाई दिनुपर्ने प्रस्तावमा एमाओवादीसहित विपक्षीहरु लगभग राजी भए पनि सिमांकनमा फरक अडान राख्दै आएका थिए। एमाओवादी तथा मधेसी मोर्चा भने भौगलिक सिमांकन राजनीतिक तहबाटै टुंगो लगाएर विवादित भएका पाँच जिल्लाको विवाद टुंग्याउने जिम्मा मात्रै आयोगलाई दिनुपर्ने अडान राखेका छन्। विवादित पाँच जिल्लामा झापा, सुनसरी मोरङ कञ्चनपुर कैलाली रहेका छन्।

सुरुमा एमाओवादी तथा मधेसी मोर्चासहितको विपक्षी गठबन्धले बहुपहिचानमा आधारित दस प्रदेशको प्रस्ताव अघि सारेको थियो भने कांग्रेस एमालेले छ देखि सात प्रदेशसम्ममा जान सकिने विकल्प अघि सारेका थिए।

संविधान लेखनको विवादित अर्को विषय निर्वाचन प्रणालीमा दलहरुबीच लगभग समझदारी भइसकेको छ। संघीयताको विषय नटुंगिदा यसमा औपचारिक सहमति हुन बाँकी छ।साठी र चालिसको अनुपातमा मिश्रित निर्वाचन प्रणालीमा जाने सहमति दलहरुबीच भइसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी