प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा बिभाजित

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा बिभाजित

  • सोमवार, जेष्ठ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ, २५ जेठ ।
एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चा औपचारिक रुपमा बिभाजित भएको छ ।

आज दिउँसो बसेको मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्ड ८ प्रदेशमा सहमति गर्ने भन्दै हिडेपछि मोर्चामा विभाजन आएको हो । बैठकमा प्रचण्डले नामांकन प्रदेशसभा र सीमांकन संघीय आयोगले गर्ने सहमति भएको र आजै सहमतिमा हस्ताक्षर गर्न सक्ने बताउनुभयो ।

बैठकमा मोर्चामा आवद्ध २८ दलले भने सीमांकन विनाको ८ प्रदेश स्वीकार्य नहुने बताएका छन् । तर, आफ्नो कुरा संयोजक प्रचण्डले नसुनेपछि मोर्चामा विभाजन आएको छ । मोर्चामा आवद्ध मधेसी र जनजाति दलहरुले संयुक्त पत्रकार सम्मेलन गरेर चार दलबीच कुनै सहमति भए मान्य नहुने बताएका छन् ।
पत्रकार सम्मेलनमा तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले भन्नुभयो ‘कुनै सहमति भए त्यो चार दलको मात्र हुनेछ । ३० दलीय मोर्चाको होइन ।’ त्रिपाठीले चार दलबीच भएको भनिएको ८ प्रदेशको सहमति संघीयता र परिर्वतनमाथिको निर्मम प्रहार भएको बताउनुभयो ।

उहाँले यस्तै अवस्था रहे केही दल र सभासदले संविधानसभा छाड्ने चेतावनी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी