संविधानसभा बैठक आज बस्दै

संविधानसभा बैठक आज बस्दै

  • सोमवार, जेष्ठ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, २५ जेठ ।

संविधानसभाको बैठक आज बस्दैछ । दलहरुको सहमति अनुसार सूचना टाँस गरेर आजसम्म स्थगित भएको बैठक अपरान्न बोलाइएको छ ।

यद्यपी आजको बैठक पनि कुनै एजेन्डमा प्रवेश नगर्ने संविधानसभा सचिवालयले जनाइएको छ ।

२०५६ सालको उपनिर्वाचनमा काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. गोपालप्रसाद कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने भएकोले आजको बैठकका लागि कुनै एजेन्ड तय नगरिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार आज अपरान्न ३ बजे बस्ने बैठकले शोक प्रस्ताव पारित गर्दै आगामी बैठकको मिति तय गरिनेछ । यसअघि पनि दलहरुवीच संविधानका अन्र्तबस्तुमा छलफल भइरहेको भन्दै बैठक सूचना टाँसेर स्थगित गरिदै आएको थियो ।
सहमतिका लागि पटक पटक समयसीमा तोकेर सहमति खोज्न दलहरुलाई मौका दिदै आउनु भएका संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङले पछिल्लोपटक पाँच दिनको थप समय दिनु भएको थियो ।

यता विवादित विषयमा सहमति जुटाउनका लागि भन्दै दलहरु पटक–पटक छलफलमा जुटेपनि हालसम्म सहमति हुन सकेको छैन ।

आजसम्म दहलहरुबीच सहमति भए दोस्रो बैठक राखेर भए पनि संविधानसभालाई अगाडि बढाउने तयारी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी