काठमाडौ, २५ जेठ ।
मद्य तथा सुदुपश्चिम क्षेत्रमा हिजो देखि नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएका छन ।
पुर्वपश्चिम महेन्द्रनगर राजमार्गमा विछ्याइएको अप्टिकल फाइबर काटिएकाले दाङ देखि पश्चिम नेपालमा टेलीकमका जीएसएम मोवाइल र सिडिएमए लगाएतका टेलीफोन सेवा पुर्णरुपमा अबरुद्ध भएका हो ।
फाइबर लिंक काटिएपछि त्यस क्षेत्रमा टेलिकमबाट चल्ने इन्टरनेट सेवा समेत बन्द भएको छ ।
नेपाल टेलीकमको काठमाडौ स्थित सिस्टमले लमहि देखि पश्चिम तर्फको ठाउमा अप्टिकल फाइबर काटिएको देखाए पनि एकिन स्थान पत्ता लाग्न नसकेका कारण मर्मत गर्न कठिनाइ भएको बताएको छ ।
मद्यपश्चिम स्थित टेलीकमको रेडियो लिंक समेत विग्रीएका कारण क्षेत्रीका कार्यालय संग केन्द्रबाट सम्पर्क हुन नसक्दा तत्काल मर्मतका लागि प्राविधिक पठाउन नसकिएको टेलीकम स्रोतले जनाएको छ ।
भैरहवाबाट थप प्राविधिक सहितको टोली आज विहानै पठाइएकाले केहि घण्टामै सेवा सुचारु हुनसक्ने टेलीकमले जनाएको छ । सेवा अबरुद्ध हुदा टेलीकमका ग्राहकहरु मर्कामा परेका छन ।