यसवर्ष धेरैजसो ठाउँमा मनसुनी वर्षा कम हुने

यसवर्ष धेरैजसो ठाउँमा मनसुनी वर्षा कम हुने

  • सोमवार, जेष्ठ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, २५ जेठ ।

मनसुन सुरु हुनु अझै केही समय लाग्ने भएकाले गर्मी बढ्ने भएको छ । मौसम पूर्वानुमान शाखाले अझै केहीदिन गर्मी कायम रहने बताएको छ ।

मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्याधिक गर्मीले जनजीवन प्रभावित भएको छ । अबको केही दिनभित्र मनसुनी गतिविधि देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्यतया जुन १० अर्थात बुधबारदेखि मनसुन सुरु हुनुपर्ने भएपनि अरेवियन सागरमा सक्रिय खालको न्युनचापीय क्षेत्र विकास भएकाले मनसुनीय वायुले गति लिन नसकेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

यस्तै यसवर्ष धेरैजसो ठाउँमा मनसुनी वर्षा सरदर कम हुने अनुमान गरिएको छ ।

हरेक वर्ष मनसुन सुरु हुनु अघि विश्व मौसम संगठनको अगुवाईमा दक्षिण एसिया क्षेत्रका मौसमविद्को साझा मञ्चले मनसुन सम्बन्धी तयार गर्ने खाकाले यस्तो देखाएको हो ।

नेपालको सुदूर पूर्व र सुदूर पश्चिम बाहेका ठाउँमा सरदर पानी कम पर्ने देखिएको छ ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछि लागातार आइरहेका पराकम्पनका कारण पहाड र डाँडाकाँडा हल्लिएर कमजोर भएकै बेला पर्ने मुसलधारे पानीले बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी