खानेपानीको मुहान सुक्दै काभ्रेका दुई दर्जन गाविसका स्थानीय मर्कामा

खानेपानीको मुहान सुक्दै काभ्रेका दुई दर्जन गाविसका स्थानीय मर्कामा

  • सोमवार, जेष्ठ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ,२५ जेठ ।

भूकम्पका कारण खानेपानीको मुहानहरु सुकेपछि काभ्रेका दुई दर्जन भन्दा बढी गाविसको बासिन्दाहरु मर्कामा परेका छन् । मुहान सुकेर धारामा पानी आउन छाडेपछि स्थानीयहरु प्रदुषित पानी प्रयोग गर्न बाध्य भएको हो ।

जिल्लाको कोशीपारी महांकालचौर, च्यसिङखर्क, डाँडा गाउँ, चलाल गनेशथान, ढुमखर्क, च्याम्राङबेंसी, मिल्चे, फलामेटार, तालढुंगा, कुशादेवी, गाविस तथा पाँचखाल नगरपालिकामा खानेपानीको मुहान सुकेपछि खानेपानीको चरम अभाव देखिएको हो ।

नजिकैको खानेपानीको मुहान सुक्न थालेपछि उक्त क्षेत्रका बासिन्दाले खानेपानीको चरम अभाव भोग्नु परेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार पानी अभावकै कारण नुहाउन र कपडा धुनका लागि दुई तीन घण्टाको बाटो हिडेर खोल्सा खोल्सी र खोला धाउनु परेको छ ।

यसअघि नै जिल्लाको च्यासिङखर्क, ढुमखर्क, मेच्चेपौवा, सस्र्युङखर्क, चापाखोरी, बोल्देफेदिचे, पोखरी नारायणस्थान, मेथिनकोट, ठूलोपर्सेल, लगायतका दर्जन गाविसका बासिन्दाले खानेपानी समस्या भोग्दै आएकोमा भूकम्पपछि मुल सुक्न थालेपछि स्थानीय थप समस्यामा परेको हो ।

सयौं वर्ष पुरानो मूल सुकेर गाउँमा खानेपानीको अभाव सिर्जना भएपछि स्थानीय बासिन्दाहरु खानेपानीका लागि वैकल्पिक स्रोतको खोजीमा लागेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी