प्रमुख चार दलबीच आज निर्णयक बार्ता हुने

प्रमुख चार दलबीच आज निर्णयक बार्ता हुने

  • सोमवार, जेष्ठ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौ, २५ जेठ ।

संविधानका अन्तरवस्तुमा सहमति जुटाउन भन्दै लगातार छलफलमा जुटेका प्रमुख चार राजनितिक शक्तिको बैठक आज पनि बस्दैछ ।

सत्तारुढ दल कांग्रेस एमाले, प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादी र मधेशी मोर्चाको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

आजको बैठकमा प्रदेशको सिमांकन अहिले नै गर्नु पर्ने एकिकृत नेकपा माओवादी सहितका दलको प्रस्तावको विकल्पमा कांग्रेस र एमालले नयाँ धारण लैजाने तयारी गरेका छन् ।

एमाले स्रोतका अनुसार प्रदेशको संखय बढाएर भएपनि प्रदेशको सिमांकनको जिम्मा आयोगलाई दिन सकिने नयाँ प्रस्ताव अघि सार्ने तयारी भएको हो ।

संविधान निर्माणका लागि अधिकतम लचकता अपनाउने निर्णय गरेको एमालले प्रदेशको संखय आठ सम्म पुर्याएर भएपनि नामांकन र सिमांकनको जिम्मा आयोगलाई दिनु पर्ने प्रस्ताव अघि सार्ने भएको हो ।

६ प्रदेशमा केन्द्रित रहेर छलफल अघि बढाएका दलहरुबीच प्रदेशको सिमांकन अहिले गर्ने या आयोगलाई दिने भन्नेमा विवाद रहीआएको छ ।

एकिकृत नेकपा माओवादी सहितका दलहरुले प्रदेश सिमांकनलाई अहिले नै टुङ्गो लगाउनु पर्नेमा जोड दिएको छ भने कांग्रेस एमालेले नामांकन र सिमांकनको जिम्मा आयोगलाई दिनु पर्ने बताउँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी