वुटवलमा साहित्यिक विचार गोष्ठी सम्पन्न

वुटवलमा साहित्यिक विचार गोष्ठी सम्पन्न

  • सोमवार, जेष्ठ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

जेठ २३, बुटवल ।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना र सिद्धार्थ साहित्य परिषद्को सहकार्यमा “गणतन्त्रोत्तर नेपाली कविताका प्रवृत्तिहरु” बिषयक विचार गोष्ठी भैरहवामा सम्पन्न भएको छ । गोष्ठीमा बोल्दै प्रतिष्ठानका प्राज्ञ एवं काब्य प्रमुख अमर गिरीले गणतन्त्र प्राप्तिको आन्दोलनमा स्रष्टा/कविहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै समकालीन नेपाली कविताको सामथ्र्यता र त्यसको प्रवृत्तिहरुबारे अहिलेका स्रष्टाहरुको दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउनुभयो ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै डा. मुरारि पराजुलीले गणतन्त्र घोषणापछि लेखिएका कविताहरु सामाजिक रुपान्तरणको पक्षमा रहेपनि स्रष्टाहरुले देखेका सपनाहरु पुरा नभएको भन्दै त्यसको प्रबृत्तिहरुको बारेमा समिक्षा तथा छलफल आवश्यक रहेको बताउनु भयो । प्रस्तुत कार्यपत्रबारे टिप्पणी गर्दै बरिष्ठ लेखक एवं साहित्यकार दिल साहनी, प्राज्ञ हेमनाथ पौडेल, प्रा.डा. नेत्रप्रसाद न्यौपाने, प्रा.डा. कपिलदेव लामिछानेले जनयुद्ध र जनआन्दोलनमा जनताले ठूलो त्याग र बलिदान गरेको भन्दै त्यसको बस्तुगत विश्लेषण गरि त्यसको सम्मान गर्नुपर्ने भन्दै अहिलेका स्रष्टाहरुले आफ्नो सिर्जनाहरुमा अन्तरबस्तुलाई ध्यान दिनुपर्ने बताउनु भएको थियो । कार्यक्रममा वरिष्ठ कवि रामचन्द्र भट्टराई, बुाद राना, प्राज्ञ गोपीरमण उपाध्याय, देवेन्द्र घिमिरे, ऋषिराम भुसाल, सहायक जिल्ला अधिकारी मुनका न्यौपाने ओमकार गौचन, जंगबहादुर शाह, लगायतले बोल्नु भएको थियो ।
दुई दिनसम्म सञ्चालन भएको गोष्ठीको अवसरमा दोस्रो दिन काब्य गोष्ठी गरिएको थियो । काब्य गोष्ठीको उद्घाटन वरिष्ठ कवि रामचन्द्र भट्टराईले कवितामार्फत गर्नुभएको थियो भने कविहरु बुाद राना, कपिलबन्धु, मोदनाथ शास्त्री, बिजयसागर, रुद्र ज्ञवाली, झपेन्द्र जीसी, कविराज पौडेल, हृदय लेकाली, खोमा तरामु मगर, देवीप्रसाद न्यौपाने, छवि ज्ञवाली, रामबहादुर श्रेष्ठ, लक्ष्मी शर्मा, उमेश लाटो मगर, तेजप्रसाद पन्थ, शशी पन्थी, शर्मिला केसी, ४२ जना स्रष्टाहरुले समसामयिक कविताहरु वाचन गर्नुभएको थियो । वाचन गरिएका कविताहरुको समग्र मूल्याङ्कन प्राज्ञ हेमनाथ पौडेलले गर्नुभएको थियो । सिद्धार्थ साहित्य परिषद् भैरहवाका अध्यक्ष बिजयसागरको अध्यक्षता, प्राज्ञ अमर गिरीको प्रमुख आतिथ्यता र साहित्यकारद्धय रुद्र ज्ञवाली र डिल्लीराज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी