राष्ट्रपतिद्धारा नुवाकोट र रसुवाको स्थलगत अवलोकन

राष्ट्रपतिद्धारा नुवाकोट र रसुवाको स्थलगत अवलोकन

  • आइतवार, जेष्ठ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ, २४ जेठ ।

राष्ट्रपति डा. रामवरण यादवले बैशाख १२ गतेको भूकम्पबाट प्रभावित नुवाकोट र रसुवाको आज स्थलगत अवलोकन गर्नुभएको छ ।

राष्ट्रपतिसँग हेलिकोप्टरमा गृहमन्त्री बामदेव गौतम र साना दलका नेताहरु पनि गएका थिए । भूकम्पले क्षति पुर्याएको विभिन्न स्थानको अवलोकन गर्दै राष्ट्रपतिले सबै नेपाली एकताबद्ध भएर विपत्तिको सामना गर्नुपर्ने बताउनुभयो ।

एकता, संयमता, धर्यता नै नेपालीको विशेषता भन्दै उनले ध्वस्त भएका संरचनालाई पहिलेकै अवस्थामा ल्याउन सरकारले लिने नेतृत्वमा जनताहरुलाई पनि एकीकृत हुन आग्रह गनुभएको छ । भूकम्पले पुर्याएको क्षतिमा सबैपक्ष एकै स्थानमा उभिएर राष्ट्र निर्माणको अवसरको रुपमा लिनुपर्ने पनी उहाँले बताउनुभयो ।

त्यस्तै गृहमन्त्री बामदेव गौतमले सरकारले प्राकृतिक प्रकोपको सामना डटेर गरेकाले धेरै क्षति हुनबाट जोगाएको दाबी गर्नुभयो । गौतमले राहत वितरणमा अनियमितता भए नभएको छानबिन गर्ने बताउनुभयो ।

राष्ट्रपति, गृहमन्त्रीसहित मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, नेकपा मालेका अध्यक्ष सिपी मैनालीसहितको टोलीले भूकम्पले क्षति पुर्याएको रसुवाको धुञ्चे, रसुवागढी नाका, नुवाकोटको विदुर, चौघडा लगायतको स्थानको स्थलगत तथा समग्र जिल्लाको हेलिकोप्टरबाट अवलोकन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी