काठमाडौ २४ जेठ
प्रमुख दलहरुले संविधानका बिबादीत बिषयमा सहमती जुटाउन प्रयास जारी राखेका छन । यसैक्रममा संंघियतामा देखीएको सिमाङकन र नामाकंनमा बिषयमा दलहरुबिच आज बिहान झण्डै ३ घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा दलहरुबिच संघियताका बिषयमा थप छलफल गर्न भन्दै पुनह साझ ६ बजे बैठक बस्ने सहमती भएको छ ।
संघियतामा प्रदेशको संख्याबारे सैद्धान्तिक सहमति जुटाइसकेका प्रमुख दलहरुबीच पहिचान र सामथ्र्यलाई कसरी कर्यान्वयन गर्नेबारे सहमति हुन बाँकी छ ।
सत्तारुढ कांग्रेस एमाले लगायतका दलले सामथ्र्यलाई जोड दिएका छन् भने विपक्षी एकिकृत नेकपा माओवादी लगायतका पहिचानवादी दलहरुले पहिचानलाई आधार बनाउनु पर्नेमा जोड दिएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline