काठमाडौं, २४ जेठ
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुका लागि सरकारले गरिरहेको उद्दार, राहत वितरण र पुनःनिर्माणको कार्यलाई सबैले निगरानी गरिदिन आग्रह गर्नु भएको छ ।
आज बिहान राहत हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले राहत रकममा अनियमितता हुन नदिन आफू दृढ संकल्पित रहेको बताउनु भएको हो ।
त्यस्तो सूचना पाएमा आफूलाई खबर गर्न पनि उहाले आग्रह गर्नु भयो । यसैबिच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नारायणी नेशनल फाइनाइन्सले दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
यस्तै खानेपानी संस्थानका कर्मचारीहरुले १८ लाख ५० हजार, राष्ट्रिय वाणिज्य बैंकले २५ लाख सात हजार, एनडीईपी डेभलपमेन्ट बैंकले दश लाख चार हजार, क्रिश्चियन महासंघले २५ लाख र साहित्यकारहरुको संस्थाले एक लाख रकम सहयोग गरेका छन ।