अनियमित रुपमा परिचय पत्र लिनेलाई कारवाही गरिने

अनियमित रुपमा परिचय पत्र लिनेलाई कारवाही गरिने

  • आइतवार, जेष्ठ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ, २४ जेठ ।

सरकारले अनियमित रुपमा भूकम्प पीडित परिचय पत्र लिनेलाई तत्काल कारवाही गर्न स्थानिय प्रशासनलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको विपत् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालका अनुसार फर्जी विवरण देखाएर राहत लिने र परिचय पत्र लिनेलाई सार्वजनिक मुद्धा चलाउने निर्णय भएको बताउनुभयो ।

नियम अनुसार आएकालाई अस्थायी बसोबासको लागि तत्काल १५ हजार रुपैँया दिएपनि प्रक्रिया नपुगी र झुटो विवरण लिएर आएकालाई अनुसन्धान गरिने उहाले बताउनुभयो ।

भूकम्पबाट बढी प्रभावित जिल्लाका केहि गाविसमा पहिलेको भन्दा धेरै परिवार देखिएपछि राहत वितरण र परिचय पत्र बनाउने काम रोकिएकोले ती ठाउँमा आवश्यक परे सुरक्षा राखेर भएपनि काम गर्न सरकारले निर्देशन दिएको छ ।

यसैबीच स्थानिय प्रशासनले राहत वितरणमा कडाइ गर्न थालेपछि केहिले पैसा फिर्ता समेत दिन थालेका विपत व्यवस्थापन महाशाखाका प्रमुख दंगालले बताउनुभयो ।

रसूवा र सिन्धुपाल्चोकका केहि स्थानियले राहत स्वरुप लिएको १५ हजार रुपैयाँ फिर्ता गर्न थालेको उहाको भनाइ छ । सरकारले अस्थायी बसोबासको लागि मात्र ७ अर्ब रुपैँया निकासा गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी