कांग्रेसको क्रियाशिल सदस्यता समबन्धी विवाद मिलाउन केन्द्रिय प्रतिनिधि

कांग्रेसको क्रियाशिल सदस्यता समबन्धी विवाद मिलाउन केन्द्रिय प्रतिनिधि

  • आइतवार, जेष्ठ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ, जेठ २४ ।

केन्द्रिय महाधिवेशन नजिकिदै गर्दा नेपाली काँग्रेसले पार्टी भित्र देखिएको क्रियाशिल सदस्यताको विवाद मिलाउन केन्द्रबाट प्रतिनिधि खटाएको छ ।

क्रियाशिल सदस्यता छानविन समितिले सदस्यता वितरणमा धेरै विवाद देखिएका चार जिल्लाको विवाद मिलाउन केन्द्रीय प्रतिनिधि खटाएको हो ।

सबै भन्दा बढी विवाद देखिएका जिल्ला सिराहा, सप्तरी, पर्सा र रौटहतमा स्थलमै गएर विवाद मिलाउन एक एक जना प्रतिनिधि खटाइएको छ ।

जस अनुसार सप्तरीमा प्रदीप पौडेल, सिराहामा रामकुमार चौधरी, रौतहटमा रमेश रिजाल र पर्सामा फरमुल्लाह मन्सुरलाई खटाइएको क्रियाशिल छानविन समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिनु भयो ।

ती जिल्लाहरुमा जिल्ला सभापति र क्षेत्रीय सभापतिमा देखिएकोले विवादका कारण सदस्यता विवाद टुङ्गो लाग्न नसकेपछि प्रतिनिधि खटाउने निर्णय लिएको नेता यादवले बताउनु भयो ।

ती जिल्लाको विवाद भोलीसम्ममा मिलाउने प्रयास गर्ने र   असार १५ गतेभित्र सदस्यताको छानविनको सबै काम पूरा गर्ने योजना रहेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले आगामी भदौँ २४ देखि २८ गते सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी