प्रमुख चार राजनितिक शक्ति आज पनि छलफलमा जुट्दै

प्रमुख चार राजनितिक शक्ति आज पनि छलफलमा जुट्दै

  • आइतवार, जेष्ठ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २४ जेठ । 

संविधान निर्माणमा देखिएको विवदित विषयमा सहमति जुटाउन प्रमुख चार राजनितिक दलको बैठक बस्दैछ । संविधानका अन्तरवस्तुमा सहमति जुटाउन भन्दै पछिल्लो छलफललाई तीब्रता दिएका जुटिरहेका प्रमुख दलहरु आज पनि छलफलमा जुट्न लागेका हुन् ।

संघियतामा प्रदेशको संख्यबारे सैद्धान्तिक सहमति जुटाइसकेका प्रमुख दलहरुबीच पहिचान र सामथ्र्यलाई कसरी कर्यान्वयन गर्नेबारे सहमति हुन बाँकी छ ।  सत्तारुढ कांग्रेस एमाले लगायतका दलले सामथ्र्यलाई जोड दिएका छन् भने विपक्षी एकिकृत नेकपा माओवादी लगायतका पहिचानवादी दलहरुले पहिचानलाई आधार बनाउनु पर्नेमा जोड दिएका छन् ।

संघियतामा देखिएको विवादलाई टुङ्गो लगाउने विषयमा आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि हिजो बसेको बैठकमा एकिकृत नेकपा माओवदीले पहिचानलाई जोड दिदै ६ प्रदेशको नयाँ प्रस्ताव अघि सारेपछि संघियताको विषयमा दलहरुबीच फेरि विवाद देखिएको छ ।

एकिकृत माओवादी सहितका विपक्षी दलहरुले पहिचान झल्किने संघियतामा सहमति भए प्रदेशको संखयमा आफूहरुलाई आपत्ति नहुने बताएका छन् । बैठकको समय तय नभएपनि अपरान्न सम्म प्रमुख तीन दल र मधेशी मोर्चाको सयुक्त बैठक बस्ने एमाले उपाध्यक्ष भिम रावलले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी