३४ वर्षपछि १३ वामपन्थीलाई आममाफी

३४ वर्षपछि १३ वामपन्थीलाई आममाफी

  • आइतवार, जेष्ठ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ, २४ जेठ । 

३४ वर्षअगाडि उनीहरुलाई सर्वसाधारणका धान चोरी, ज्यान मार्ने उद्योग, आगो लगाएकोजस्ता मुद्दामा कैद सजाय र रकम जरिबाना गरिएको थियो ।

यिनै १५ वामपन्थी कार्यकर्तालाई मन्त्रिपरिषद्को जेठ २२ को बैठकले आममाफी दिने निर्णय गरेको छ ।

सत्तारुढ एमालेले गृह मन्त्रालयलाई पत्र लेखी इलामका वर्तमान र पूर्ववामपन्थी कार्यकर्ताहरुलाई ३४ वर्षअघि लागेको फौजदारी मुद्दामा भइसकेको सजाय माफ गरिदिन अहिले आएर आग्रह गरेपछि प्रक्रिया अघि बढेको थियो ।

पार्टीको पत्रलाई नै उल्लेख गर्दै एमाले उपाध्यक्ष उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जेठ २२ गते शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पञ्चायती शासनमा अदालतले सजय दिएका १३ लाई कैद तथा जरिबाना माफगर्ने प्रस्ताव लगे ।

मन्त्रिपरिषद्मा प्रश्न उठ्यो –किन आयो यत्तिका वर्षपछि माफीको प्रस्ताव ? जवाफमा एमाले मन्त्रिहरुले तर्क गरे,‘त्यतिबेला छुटेछ, पञ्चायत कालमा अन्य दलका नेताकार्यकर्तामाथि लागेका फौजदारी मुद्दा छन् भने पनि माफ गर्नुपर्छ ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी