अब शुसीलले सक्नु हुन्न: एमाले नेताहरु

अब शुसीलले सक्नु हुन्न: एमाले नेताहरु

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

भक्तपुर, जेठ २३ ।
नेकपा एमालेका अधिकाशं स्थायी समिति सदस्यहरुले अब नया राष्ट्रिय सरकार आफ्नो पार्टीको नेतृत्वमा बनाउन आवस्यक रहेकोमा जोड दिएका छन् ।

एमालेको अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शनिबार बसेको स्थायी कमिटी बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्नेमा जोड दिएका हुन् ।

स्रोतका अनुसार अहिले एकातिर शुसील कोईरालाको तीव्र आलोचना भएको, कार्यशैली नमिलेको र विपद व्यवस्थापन र पुननिमार्णमा प्रष्ट भिजन नभएकाले अब एमालले नया जिम्मेवारी लिन अग्रसर हुनु पर्नेमा स्थायी समिति सदस्यहरुको धारणा थियो ।

केही सदस्यले भने अब शुसीलले अब सक्नु हुन्न भन्दै एमालेले राष्ट्रिय सरकारका लागि विना हिचकिचाहट लाग्नु पर्ने सुझाव दिएका थिए ।

यसै गरी राष्ट्रिय सरकार बनाउदा काग्रेसले सहयोग नगरे के हुन्छ त ? एमाओवादीको विश्वास कति गर्ने भन्ने बारेमा समेत केही नेताहरुले धारणा राखेको बुझिएको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिकृया दिादै एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकमा छिटो संविधान निर्माण गर्ने, विपद व्यवस्थापन गर्ने र स्थानीय निकायको निर्वाचन गर्ने गरी राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु पर्ने बारेमा छलफल भएको बताउनु भयो ।

‘बैठकमा संविधान निर्माणका लागि एमालेले अधिकतम लचकता अपनाउने भएको छ, यसका लागि सबै दलसाग दुई पक्षीय र बहुपक्षीय बैठक गर्ने निर्णय भएको छ ।’ उहााले बैठकमा स्थायी कमिटिका सदस्यबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधान निर्माणका क्रममा दलहरुबीच भएका छलफल र सहमति बारे विचार विमर्श भएको बताउनु भयो ।

कुनै पनि बाहनामा संविधान निर्माणमा ढिलासुस्ती गर्न नहुने एमालेको अडान रहेको बताउादै एमाले राज्य पुन:संरचना गर्दा भुगोल र पहिचानसहितको कम भन्दा कम प्रदेश र बढीमा ६ प्रदेश बनाउने पक्षमा रहेको बताउनुभयो ।

बैठकमा अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, विद्या भण्डारी, सचिव विष्णु पौडेल, छविलाल विश्वकर्मा लगायत नेता सहभागी थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी