युवा नेता थापाले आफ्नो निर्वाचन क्षेत्रका सवै घरमा इन्जिनियर पठाउने

युवा नेता थापाले आफ्नो निर्वाचन क्षेत्रका सवै घरमा इन्जिनियर पठाउने

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ, २३ जेठ ।
नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले आफ्नो निर्वाचन क्षेत्रका सवै घरमा इन्जिनियरहरु पठाउनु हुने भएको छ ।

थापाको आफ्नै संसदीय सम्पर्क कार्यालयको पहलमा सचेतना कार्यक्रम चलाउनुभएका थापाले आफ्नो निर्वाचन क्षेत्रको हरेक घरमा इन्जिनियर पठाउने बताउनु भएको हो । भूकम्प प्रविधि राष्ट्रिय समाज (नेस्ट)बाट तालिम प्राप्त इन्जिनियर आफ्नो क्षेत्रको सवै घरदैलोमा पुर्याउने उहाँले बताउनुभयो ।

आगामी दुई महिनाका लागि नेस्टबाट तालिम प्राप्त इन्जिनियर राखेर परामर्शका लागि काठमाडौ ४ नम्बर क्षेत्रको सबै घर दैलोमा पठाउने योजना रहेको थापाले बताउनुभयो । भूकम्पले काठमाडौका थुप्रै घरहरु भत्किनुका साथै चर्किएर बस्न योग्न नभएकाले त्यस्ता घरहरुमा रहेको अन्यौलता हटाई नागरिकलाई आफै पुनर्निर्माणमा जुट्न आफ्नो अभियानले मद्दत गर्ने थापाको विश्वास छ ।

काठमाडौ महानगरपालिका वडा नम्बर ७ र ८ लाई लक्षित गरेर भूकम्प प्रतिरोधी आवास निर्माण सम्बन्धी सचेतना कार्यक्रमको दोस्रो श्रृंखला सम्पन्न भएको थापाको संसदको सम्पर्क कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी