एयर होस्टेजहरुले बनाए भक्तपुरमा अस्थायी टहरा

एयर होस्टेजहरुले बनाए भक्तपुरमा अस्थायी टहरा

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौ,२३ जेठ ।
भक्तपुरका भूकम्पपीडितहरुका लागि ओमन एयरलाइन्सका नेपाली एयर होस्टेजहरुले अस्थायी टहरा बनाउन सहयोग गरेका छन ।

सुर्यबिनायक नगरपालिकाको कटुन्जेका अति प्रभावित १ दर्जन परिवारका लागि उनीहरुले अस्थायी टहरा बनाएका हुन । नेपाली चलचित्रकर्मीहरुको मेरो नेपाल मेरो गौरव नामक अभियानमा सहभागी भएर उनीहरुले सहयोग गरेका हुन ।

भूकम्पपछि एकजुट भएका उनीहरुले एयर होस्टेज तथा नायिका नम्रता झाको नेतृत्वमा सहयोग गरेका हुन ।

कटुन्जेमा सुरु भएको टहरा निर्माण कार्यमा नायिका नन्दिता केसी लगायतका करिव एक दर्जन चलचित्रकर्मीहरुले श्रमदान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी