काठमाडौ २२ जेठ ।
पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आजका लागि अह्वान गरेको चितवान बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
प्रहरीले हिजो पक्राउ गरेका जिल्ला सचिव महेश चौधरी रघु , भीम लामा लगायतका कार्यकर्तालाई रिहाइ गरेपछि माओवादीले घोषित बन्दा फिर्ता लिएको हो ।
गोरखा, सिन्धुली, धादिङ, मकवानपुर, सिन्धुपालचोक, दोलखा लगायतका जिल्लाबाट ल्याइएको भुकम्प प्रभावितहरुलाई चितवनको विवादीत तथा सार्वजनिक स्थानमा टहरा बनाएर बसेको स्थानमा प्रहरीले हिजो हस्तक्षेप गरी पीडितहरुको टहराहरु भत्काएका थिए ।
सो क्रममा प्रहरी र भूकम्प पीडितबीच झडप हुदाँ एक दर्जन बढी भूकम्प पिडित घाईते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline