राहतको रकम र सामाग्री हिनामिना गर्ने र भ्रष्टाचार गर्नेलाई माओवादीले कार्बाही गर्छ : प्रकाण्ड

राहतको रकम र सामाग्री हिनामिना गर्ने र भ्रष्टाचार गर्नेलाई माओवादीले कार्बाही गर्छ : प्रकाण्ड

  • शनिबार, जेष्ठ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भक्तपुर जेष्ठ २३ ।

नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले भूकम्प प्रभावित जनताका लागि आएको राहत रकम र सामाग्रीमा भ्रष्टाचार गर्ने जुनसुकै भ्रष्ट तत्वलाई पार्टीले कार्बाही गर्ने चेतावनी दिनु भएको छ ।

भक्तपुरको नलिनचोकमा भूकम्प प्रभावित जनताको घर पुननिमार्णका लागि खटिएका पार्टीका स्वयसेवक कार्यकर्ताहरुलाई निर्देशन दिदै शनिबार प्रवक्ता प्रकाण्डले उक्त चेतावनी दिनु भएको हो ।

कतिपय सरकारकै मान्छे, सत्ताधारी दलका नेता कार्यकर्ताकै नाम यसमा जोडिनु दुखद: भएको भन्दै उहाले सबै जनताले राहतमा लुट मच्चाउनेलाई छाड्न नहुने बताउनु भयो ।

जनताको गास बास कपासमा समस्या भएका बेला राहत भित्र लुट मच्चाएर केही तत्व मौलाउन खोजेको भन्दै त्यस्तालाई कार्बाही गरिने प्रकाण्डको चेतावनी छ ।

उहाले भूकम्प पछिको उद्धार र पुननिमार्णमा आफ्नो पार्टीले पहिलो पहलकदमी लिएको भन्दै अन्य पार्टीहरु खास गरी सत्ताधारी नेताहरु काममा भन्दा मिडियामा फोटो देखाउनका लागि हिडिरहेको बताउनु भयो ।

यसैबीच प्रकाण्डले अहिले देश विपत्तिमा रहेको बेलामा राष्ट्रिय सरकार र सविधानमा सहमति गर्ने कुरा गरेर नेताहरुले बेमौसमी बाजा बजाएको भन्दै सर्वपक्षीय सहमतिका आधारमा पहिलो काम राष्ट्रको पुननिमार्ण र जनताको पुनर्वास भएको बताउनु भयो ।

यसै गरी उहाले विदेशी शक्तिहरुको सहयोग स्वीकार्य हुने तर सहयोगका नाममा राष्ट्रिय स्वाधीनतामाथि हुने हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताउनु भयो ।

पार्टीले देशै भरका स्वयसेवकहरुलाई भूकम्प प्रभावित सबै जिल्लामा निरन्तर खटाईरहने भन्दै अहिले जनस्तरबाट पार्टीको कामप्रति राम्रो मुल्याकंन भएको बताउनु भयो ।

भक्तपुरमा विभिन्न स्वयसेवक टोलीले ग्रामिण तथा शहरी क्षेत्रका जनताको लागि टहरा बनाउने काम गर्दै आएको छ ।

सो कार्यक्रममा माओवादी पोलिटव्यूरो सदस्य ईश्वरी दाहाल असारे काका , केन्द्रीय सदस्य मोहन कार्की जीवन्त लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी